पाल्पाको घोरबन्दामा तीज विशेष फुटबल सुरु, उद्घाटन खेलमा सराई विजयी
पाल्पा | भदौ ८, २०८१
पाल्पा: पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा आज (शनिबार) देखि नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठीचौर खेलमैदानमा आजदेखि फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा सराई एफसीले भगवती एफसी तानसेनलाई २–१ गोल अन्तरले पराजित गर्दै सराई दोस्रो चरणमा प्रवेश गरेको क्लबका कोषाध्यक्ष मनिक गाहामगरले जानकारी दिए ।
उनका अनुसार सराईको जीतमा म्यान अफ द म्याच घोषित भएका सुमित मल्ले २ गोल गरे । यता हार व्यहोरेको भगवती एफसीका लागि प्रेम रानाले १ गोल फर्काए ।

भोलि (आइतरबा) दिउँसो ३ बजे खल्लुकधारा एफसी र दमकडा एफसीबीच प्रतिस्पर्धा हुने गाहामगरले बताए । उनका अनुसार फाइनल खेल भने २१ गते हुनेछ ।
यसअघि बगनासकाली गाउँपालिकाका उपप्रमुख हरि पाठकले कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले खेलकुदले गाउँपालिकाकै विकासमा टेवा पुर्याउन मद्दत गर्ने धारणा राखे ।
उपप्रमुख पाठकले गाउँपालिकाभित्रका क्लबहरुमध्ये नव जागृति युवा क्लब तुलनात्मक रुपमा अन्य क्लबभन्दा सक्रिय रहेको बताउदै आगामी दिनमासेत खेलकुदका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उनले उक्त प्रतियोगिताबाट स्थानीय स्तरका खेलाडीलाई राम्रो अवसर भएको बताउदै खेलाडीहरुलाई मौकाको सदुपयोग गर्नसमेत सुझाव दिएका थिए ।
सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ६० हजार प्राप्त गर्नेछ ।

यस्तै उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३० हजार हात पार्नेछ । भने, प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा कुल १३ टिमको सहभागिता रहेको छ । नव जागृति युवा क्लब वि.स २०३८ सालदेखि निरन्तर रुपमा सामाजिक तथा खेलकुदको क्षेत्रमा सक्रिय रहदै आएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

